लन्डन पशुपतिनाथ मन्दिरले बालबालिका र युवा लक्षित योगा सेसन चलाउँदै


लन्डन । लन्डनस्थित पशुपतिनाथ मन्दिरको संयोजनमा साप्ताहिक रुपमा हुँदै आएको ‘योगा सेसन’ मा बेलायतस्थित नेपाली समुदायका बालबालिका र युवाहरुलाई पनि सहभागी गराइने भएको छ ।
विगत केही हप्तादेखि हरेक शनिबार भर्चुअल माध्यमबाट सञ्चालन गरिंदै आएको योगा तथा व्यायामको आउंदो सत्र बालबालिका एवम् युवा केन्द्रित गर्न लागिएको हो ।
मन्दिर व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र कंडेलका अनुसार यही शनिबार जनवरी २३ का दिन बिहान ९:४५ मा शुरु हुने सेसनमा बालबालिका तथा युवाहरुलाई सहभागिताका लागि आव्हान गरिएको छ ।
पतञ्जली योगाका अनुभवी प्रशिक्षक पुष्करनाथ पन्तले योगा र शारीरिक व्यायामसम्बन्धी प्रशिक्षणका साथै अभ्यास समेत गराउनेछन् ।
महामारीका बेला बालबालिका र कम उमेरका युवामा समेत नकारात्मक असर पर्ने खतरा रहेकाले उनीहरुलाई पनि योग तथा व्यायामतर्फ आकर्षित गर्ने कोशिश् गरिएको उनले बताए ।
कार्यक्रममा सहभागी बन्ने ८ वर्षमुनिका बालबालिकाको सहयोगका लागि उनीहरुका अभिभावक पनि साथमै रहन सक्नेछन् ।
‘कोरोना महामारीका कारण हाम्रो शारीरिक स्वास्थ्य मात्र नभइ मानसिक स्वास्थ्यमा पनि गम्भीर असर पर्दै गएको छ । डर, त्रास र अनिश्चयको यो संकटपूर्ण समयमा योगा र व्यायामको महत्व झन बढेको छ’, अध्यक्ष कंडेलले नेपाली लिँकसँग भने, ‘यही समस्यालाई सम्बोधन गर्दै हाम्रो शारीरिक र मानसिक स्वास्थ्यलाई ‘मेन्टेन’ गराइराख्ने पहलस्वरूप हरेक साता योग सेसन चलाउँदै आएका छौं ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५