बुधबार, वैशाख १२, २०८१
18:45 | २३:३०

भारतीय प्रधानमन्त्री र मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने   

रासस–सिन्ह्वा जनवरी २१, २०२१

नयाँदिल्ली, ८ माघ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् ।

भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान शुरु गरिएको थियो जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ । पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप दिँदैछ ।

सरकारी अधिकारीहरुका अनुसार आगामी मार्च वा अप्रिलमा शुरु हुने दोस्रो चरणको अभियानमा ५० वर्षभन्दा माथिका सबै सांसदहरुलाई पनि खोप दिने तयारी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू