बिहीबार, चैत १५, २०८०
14:52 | २०:३७

लन्डनमा लकडाउन उल्लंघन गर्ने ९ प्रहरीलाई जरिवाना

नेपाली लिङ्क जनवरी २१, २०२१

लन्डन  । बेलायतमा कोरोना महामारीका कारण जारी ‘लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई जरिवाना गर्न खटिएका प्रहरीले नै नियम उल्लंघन गरेपछि उनीहरुलाई जरिवाना तिराइएको छ । 

लकडाउन उल्लंघन गरेको भन्दै ९ जना प्रहरी अफिसरलाई जरिवाना गरिएको बीबीसीले जनाएको छ ।

‘साउथ इष्ट बेसिक कमाण्ड युनिट’ का ती अफिसरहरु गत जनवरी ९ तारिखका दिन ग्रीनवीचस्थित ‘द सेफ हाउस किचन क्याफे’ मा खाइरहेको अवस्थामा भेटिएका थिए ।

प्रहरीका ‘गस्ती गाडी’ हरु क्याफेबाहिर पार्क गरेको देखेपछि उनीहरुबारे पब्लिकले खबर गरेका थिए । 

लकडाउनको नियमअनुसार रेष्टुरेन्ट, क्याफेले टेकवे र डेलिभरी मात्रै गर्न पाउने भएपनि क्याफेभित्रै बसेर खाने छुट छैन । 

प्रहरी अफिसरहरु क्याफेभित्र बसेर खांदा लकडाउन उल्लंघन भएको ठहर भएको हो ।  लकडाउन  उल्लंघन  गर्ने प्रहरी अफिसरहरुलाई जनही दुई सय पाउण्ड जरिवाना गरिएको छ ।

बेलायतमा कोरोना संक्रमण तीव्र रुपमा बढेपछि बेलायतमा  अहिले तेस्रो चरणको देशव्यापी लकडाउन लागू गरिएको छ ।

लकडाउन उल्लंघन गर्नेलाई तत्कालै कम्तिमा दुई सय पाउण्ड जरिवाना गर्न सक्ने अधिकार प्रहरीलाई प्रदान गरिएको छ ।

बेलायती गृहमन्त्री प्रिती पटेलले प्रहरीलाई विशेष अधिकार प्रदान गर्दै लकडाउन प्रभावकारी बनाउने बताएकी थिइन् 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू