शुक्रबार, वैशाख ७, २०८१
06:07 | १०:५२

लन्डनकी टयारोट कार्ड रिडर क्षमता विश्व ज्योतिष महासंघमा

नेपाली लिङ्क जनवरी २०, २०२१

लन्डन । लन्डनमा टयारोट कार्डबाट भविष्य पत्ता लगाउने पहिलो नेपाली महिला क्षमता ढकाल विश्व ज्योतिष महासंघको अन्तर्राष्ट्रिय समितिमा सदस्य चुनिएकी छन् ।

महासंघको हालै सम्पन्न केन्द्रिय कार्यसमिति बैठकले ढकाललाई रिक्त सदस्य पदमा चुनेको हो ।

क्षमताले उक्त संस्थामा जोडिएपछि आफ्नो अनुभव र दक्षता आदानप्रदान गर्ने बताइन् ।

उक्त बैठकले धादिङका डा. सुनिल सिटौलालाई सहमहासचिव, ललितपुरका ज्योतिष नरोत्तमलाल श्रेष्ठलाई उपमहासचिव र ललितपुरकै ज्योतिष ज्ञानेशमान जोशीलाई प्रचार सचिव चयन गरेको महासंघका महासचिव उदय नारायण भट्टराई सन्तोष वशिष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले मेदिनी मुखपत्र प्रकाशनका लागि सन्तोष वशिष्ठलाई प्रधान सम्पादक र ताराप्रसाद नेपाललाई सम्पादक चयन गर्दै उनीहरुलाई मेदिनी मुखपत्र प्रकाशनका लागि कार्यविधि मस्यौदा तयार गर्ने जिम्मेवारी समेत दिएको छ ।

साथै महासंघको सम्पर्क कार्यालयहरु सञ्चालन कार्यविधि र सदस्यता विस्तार कार्ययोजनासमेत पारित गरिएको छ । बैठकले अन्य निर्णय पनि गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू