शनिबार, वैशाख ८, २०८१
00:09 | ०४:५४

कोरोना मृत्युदरमा अमेरिकालाई पछ्याउंदै बेलायत, एकैदिन १८२० को निधन

३८ हजार ९०५ नयाँ संक्रमित

नेपाली लिङ्क जनवरी २०, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्याले दैनिक नयाँ रेकर्ड कायम गर्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँक अनुसार एकैदिन १८२० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो संख्या महामारी भएपछिकै सबैभन्दा बढी हो । अघिल्लो दिन मंगलबार पनि १६१० जनाको मृत्यु भएको थियो । यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९३ हजार २९० पुगेको छ ।

यसैगरी कोरोना संक्रमितको संख्या पनि पछिल्लो २४ घन्टामा ३८ हजार ९०५ पुगेको छ । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३५ लाख पांच हजार ७५४ पुगेको छ । संक्रमित संख्या भने विगत तीन हप्ता यताको तुलनामा कम हुँदै गएको छ ।

कोरोना संक्रमण बढेसंगै बेलायत सरकारले कोरोना विरुद्धको खोपलाई पनि तीव्रता दिंदै आएको छ । बेलायतमा हालसम्म ४६ लाख ९ हजार ७४० जनाले  कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् । यसैगरी चार लाख ६० हजार ६२५ जनाले दोस्रो तथा अन्तिम डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू