शुक्रबार, वैशाख ७, २०८१
04:06 | ०८:५१

बेलायतमा कोभिडले ज्यान गुमाउने गोर्खाहरु थपिंदै, अर्का भूपूको निधन

नेपाली लिङ्क जनवरी २०, २०२१

लन्डन । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण बेलायतमा ज्यान गुमाउने गोर्खा फेरि थपिएका छन् । लन्डन बस्दै आएका ५५ वर्षीय पूर्व गोर्खा सैनिक अम्बर गुरुङको निधन भएको हो ।

उनको मंगलबार लन्डनस्थित हिलिङडन अस्पतालमा निधन भएको हिलिङडन गोर्खा नेप्लिज् कम्युनिटीका सचिव शुक्र (साइमन) तामाङले जानकारी दिए । जनवरी ५ तारिखमा अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको हो ।

आर्मी नम्बर २११६६१५८ का गुरुङ १० जीआरका हुन् ।

हाल लन्डन हिलिङडन बरोको हेजमा बस्दै आएका उनी हिलिङडन गोर्खा नेप्लिज् कम्युनिटीका निवर्तमान बरिष्ठ उपाध्यक्ष तथा खोटाङ, संखुवासभा, भोजपुर (खोसोभो) समाजका वर्तमान उपाध्यक्ष समेत थिए ।

उनी श्रीमती, छोराबुहारी र नातिनातिनिहरुसंग बस्दै आएका थिए । उनका एक छोराबुहारी अमेरिकामा बस्दै आए पनि हाल बेलायत आइसकेका छन् । उनकी आमा इटहरीस्थित हाँसपोसा तरहरामा बस्दै आएकी छन् ।

स्व. गुरुङको निधनप्रति हिलिङडन गोर्खा नेप्लिज् कम्युनिटीले शोक व्यक्त गर्दै समवेदना प्रकट गरेको छ ।

यकिन तथ्यांक नभएपनि बेलायतमा कोभिड संक्रमणबाट धेरै नेपालीले ज्यान गुमाएका छन् । हालसम्म सार्वजनिक भएअनुसार करिब ८० जना नेपालीले कोभिडबाट ज्यान गुमाइसकेका छन् । मृतकमध्ये अधिकांश भूतपूर्व गोर्खा र तीनका परिवार छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू