बुधबार, वैशाख १२, २०८१
07:18 | १२:०३

महामारीका कारण बेलायतका अदालतमा थुप्रिए मुद्धाहरु

नेपाली लिङ्क जनवरी १९, २०२१

लन्डन । कोरोना महामारीका कारण बेलायतको न्याय सेवामा समेत चरम ढिलाई सिर्जना भएको भन्दै चिन्ता व्यक्त भएको छ ।अदालतहरुमा मुद्धा थुप्रिने क्रम बढ्दै जाँदा यसले न्याय सम्पादनको क्षेत्रमा दिर्घकालिन रुपमै असर पार्ने चेतावनी सरोकारवालाहरुले दिएका छन् ।  

‘क्रिमिनल जस्टिस’ मा भइरहेको यो ढिलाईले देशको न्यायप्रणालीलाई नै कमजोर पार्ने खतरा बढ्दै गएको उनीहरुले बताएका छन् ।  

न्यायालयको ढिलासुस्तीले गर्दा गम्भीर अपराधमा संलग्न आपराधीहरुलाई दन्डित गर्ने कार्य समेत समयमै हुन सकेका छैनन् ।  

बीबीसीका अनुसार बेलायतका ‘क्राउन कोर्ट’ हरुमा अहिलेसम्म हेर्दै नहेरिएका मुद्धाको संख्या ५४ हजार पुगेको छ । फलस्वरूप गत वर्ष भएका केही गम्भीर अपराधका मुद्धाहरु समेत अर्को वर्षसम्म इजलासमा जान नपाउने भएका छन्   

मुद्धाहरुको ‘प्रोसेसिङ’मा ढिलाई हुँदा विभिन्न अपराधका पीडितहरुले न्यायका लागि निकै लामो समय पर्खिनुपर्ने भएको छ । जसकारण कयौंले न्यायालयप्रतिको विश्वास गुमाएर बीचमै मुद्धा छोड्दिने, घट्नाका साक्षीहरुले सबै विवरणहरु सम्झिराख्न नसक्ने जस्ता समस्या पनि उत्पन्न हुने खतरा औंल्याइएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू