शुक्रबार, वैशाख ७, २०८१
10:35 | १५:२०

लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी मंगलबार लन्डन उत्रिंदै

नेपाली लिङ्क जनवरी १८, २०२१


लन्डन । लन्डनस्थित नेपाली दूतावासका लागि नवनियुक्त सैनिक सहचारी (मिलिट्री अट्याची) महासेनानी 
रत्नबहादुर गोदार मंगलबार लन्डन उत्रने भएका छन् । दूतावासकी उपनियोग प्रमुख रोशन खनालले महासेनानी गोदार मंगलबार लन्डन आइपुग्ने जनाइन् ।

ब्रिगेडियर जनरल कुमार थापा दूतावासमा आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी गत नोभेम्बर १४ मा नेपाल फर्किएपछि त्यसयता दूतावास सैनिक सहचारीविहीन थियो ।

बेलायत नेपाल तथा दुई देशका सैनिकबीच सम्बन्ध अभिवृद्धि, सैन्य सहयोग र प्रशिक्षण आदानप्रदान लगायत क्षेत्रमा सैनिक सहचारीको भूमिका प्रमुख मानिन्छ ।

यसैबीच, आज राष्ट्रपतिबाट नियुक्ति पाएका बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी अर्को महिनासम्म लन्डन आइपुग्ने अपेक्षा दूतावासको छ । रेग्मी आएपछि हालका राजदूत डा. दुर्गाबहादुर सुवेदी नेपाल फर्कने छन् ।

कोरोना महामारीका कारण नियुक्ति तथा आगमन-विदाइ प्रक्रिया लम्बिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू