शुक्रबार, चैत १६, २०८०
10:59 | १६:४४

बेलायतमा थप ५९९ को मृत्यु, ३७ हजार बढी संक्रमित

२४ घन्टामा ३७ हजार ५३५ नयाँ संक्रमित

नेपाली लिङ्क जनवरी १८, २०२१

लण्डन । बेलायतमा पछिल्लो दुई दिनयता कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या घट्दै गएको छ । पछिल्लो २४ घन्टामा अथप ५९९ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८९ हजार ८६० पुगेको छ ।

यसैगरी बितेको २४ घन्टामा थप ३७ हजार ५३५ जना नयाँ  संक्रमित थपिएका छन् । नयाँ संक्रमितसंगै बेलायतमा कुल संक्रमितको संख्या ३४ लाख ३३ हजार ४९४ पुगेको छ ।

बेलायत सरकारले कोरोना संक्रमण बढेसंगै खोपलाई पनि तीव्रता दिंदै आएको छ । पछिल्लो तथ्यांक अनुसार एक मिनेटमा १४० जनालाई कोरोना खोप दिइएको सरकारी तथ्यांकमा उल्लेख छ ।

बेलायतमा हालसम्म ४० लाख भन्दा बढीले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् । यसैगरी चार लाख ५२ हजार ३०१जनाले दोस्रो तथा अन्तिम डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

आज सोमबारबाट बेलायतमा थप १० वटा नयाँ  खोप केन्द्र संचालन गरिएको छ । जनवरी अन्तसम्ममा चौबिसै घण्टा खोप सेवा संचालन गरिने सरकारले बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू