बिहीबार, वैशाख १३, २०८१
12:10 | १६:५५

बेलायतबाट नेपाल गएका तीन जनामा नयाँ प्रजातिको भाइरस पुष्टि

नेपाली लिङ्क जनवरी १८, २०२१

लन्डन । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजाति नेपाल पुगेको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट गएका तीनजनामा कोरोना भाइरसको नयाँ प्रजाति पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार हङङकको प्रयोगशालाबाट सोमबार आएको रिपोर्टमा तीनजनालाई नयाँ प्रजातिको भाइरस देखिएको पुष्टि भएको हो । 

बेलायतबाट गएका ६ जनामा कोरोना संक्रमण परीक्षण गर्दा ३ जनामा नयाँ भाइरस देखिएको आशंकामा पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको थियो ।

नयाँ भाइरस पुष्टि  हुनेमा बेलायतबाट गएका २८ वर्षीया महिला तथा ६७ वर्षीय र ३२ वर्षीय पुरुष छन् । उनीहरुमध्ये ६७ वर्षीय पुरुष अझै पोजेटिभ देखिए पनि लक्षण देखिएको छैन भने अन्य २ मा  हाल आरटी पीसीआर नेगेटिभ भइसकेको छ ।  

नयाँ प्रजातिको सङ्क्रमण हो कि होइन भनेर पुष्टि गर्न गत पुस २७ गते उनीहरुको नमूना विश्वस्वास्थ्य सङ्गठनको सहयोगमा हङकङ पठाइएकामा तीन नमूनामा सो प्रजाति पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

उक्त नमूनाको नजिता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाई इमेलमा सोमबार प्राप्त भएको उनले बताए । ‘तीन जनामा बेलायतमा देखिएको नयाँ भेरियन्ट ‘लाइनएज बि १.१.७ तथा २० बि/५०१ वाई. भी वान’ भएको पुष्टि भएको छ’, डा गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू