बेलायती साना व्यवसायीलाई विमा रकम भुक्तानी गर्न अदालतको आदेश


लण्डन, २ माघ– बेलायतको सर्वोच्च अदालतले लकडाउनका कारण मर्कामा परेका साना व्यवसायीहरूलाई विमा रकम भुक्तानी गर्न आदेश दिएको छ ।
गत बर्ष भएको पहिलो चरणको लकडाउन बेलाको रकम भुक्तानी गर्न अदालतले शुक्रबार आदेश दिएको हो । त्यस्तो रकम झण्डै १६ लाख अमेरिकी डलर हुने जनाइएको छ ।
प्रभावित व्यवसायीक प्रतिष्ठानहरूको सहयोगमा आर्थिक नियमनकर्ताहरूले रकम भुक्तानीको माग गर्दै अदालतमा मुद्दा दर्ता गरेका थिए ।
आर्थिक आचरण प्राधिकरण (एफसीए) नामक निकायका अधिकारीले साना व्यवसायीको १.२ पाउण्ड रकम अहिले भुक्तानी नभएको उल्लेख गरेका छन् ।
प्राधिकरणको मुद्दाको पक्षमा फैसला गर्दै सर्वोच्च अदालतका न्यायाधीश निकोलस ह्याम्ब्लेनले फरक फरक ६० विमा कम्पनीबाट तीन लाख ७० हजार विमाधारक प्रभावित भएको बताए ।
अदालतको फैसलाले विमा भुक्तानीका लागि दावी गर्न मार्ग प्रशस्त गरेको एफसीएका कार्यकारी निर्देशक शेल्डन मिल्सको भनाई छ ।
“अदालतको आदेशलाई सरकारले पनि स्वागत गरेको छ । सर्वोच्च अदालतको यो आदेश अत्यन्त स्वागतयोग्य छ,” व्यापार राज्य मन्त्री क्वासी क्वार्टेङले भनेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५