शुक्रबार, वैशाख १४, २०८१
18:44 | २३:२९

बेलायतमा एकै दिन १२८० को मृत्यु,५५ हजार बढी संक्रमित

३६ लाख ७८  हजार १८० जनालाई खोप वितरण

नेपाली लिङ्क जनवरी १५, २०२१

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १२८० जना कोरोना संक्रमितको मृत्यु भएको छ । एकै दिनमा मृत्यु भएको यो संख्या महामारी भएयताकै तेस्रो सबैभन्दा बढी हो ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ का अनुसार बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८७ हजार २९५ पुगेको छ ।

यसैगरी बितेको २४ घन्टामा थप ५५ हजार ७६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ३३ लाख १६ हजार  पुगेको छ ।

यसैगरी हाल बेलायतका अस्पतालमा उपचारार्थ भर्ना भएका कोरोना संक्रमितको संख्या ३७ हजार नाघेको छ । जसमध्ये तीन हजार ६७२ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपमा बढेपछि फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ । शुक्रबारसम्ममा ३६ लाख ७८  हजार १८० जनालाई खोप वितरण गरिसकिएको स्वास्थ्य विभागले जनाएको छ ।

जसमध्ये ३२ लाख ३४ हजार ९४६ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख ४३ हजार २३४ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू