भ्रामक समाचारका कारण जातीय अल्पसंख्यकद्वारा कोभिड खोप अस्वीकार
लन्डन । कोभिड १९ को ठूलो चपेटामा परेको बेलायतमा अहिलो कोरोना विरुद्धको खोपलाई तीव्रता दिइएको छ । हाल बेलायतमा तीनवटा खोप कम्पनीले मान्यता पाएपनि फाइजर-बायोएनटेक र अक्सफोर्ड- एष्ट्राजेनेकाद्वारा विकसित खोप वितरण भइरहेको छ ।
बेलायतमा बिहीबारसम्ममा साँढे ३३ लाख भन्दा बढी मानिसले खोप लगाइसकेको सरकारी तथ्याँक छ ।
तर, भ्रामक समाचारका कारण केहि जातीय अल्पसंख्यक समुदायले खोप लगाउन अस्वीकार गर्ने गरेको नेशनल हेल्थ सर्भिस (एनएचएस) इंग्ल्याण्डका एसोसिएट चिफ क्लिनिकल इन्फरमेशन अफिसर डा. हरप्रित सूदले बताएका छन् । सूदले भनेका छन् ‘यो ठूलो चिन्ताको विषय हो ।’
उनले यस्तो किसिमको गलत सूचना र भ्रमको निवारणका लागि अधिकारीहरुद्वारा विभिन्न समुदायमा पहल भइरहेको बताए । उनले यो गलत सूचनालाई भाषा र संस्कृतिले ठूलो प्रश्रय दिइरहेको पनि बताए ।
वेष्ट मिडल्याण्डको एक जिपिका अनुसार केहि साउथ एसियन बिरामीहरुले कोरोना विरुद्धको खोप लगाउन अस्वीकार गरेका छन् । यसका लागि साउथ एसियन रोल मोडेल, समुदायका नेता तथा धार्मिक नेताहरुसंग यस्तो गलत धारणालाई हटाएर सहि सूचना प्रवाह गराउने प्रयास भइरहेको सूदले बताएका छन् ।
‘खोपको बारेमा स्पष्ट हुन् जरुरी छ कि, खोपमा कुनै पनि मासुको मिसावट गरिएको छैन । साथै सुंगुरको पनि प्रयोग गरिएको छैन,’- सूद भन्छन् ।
हाल फैलिएको गलत समाचारलाई वास्तविकतामा परिणत गरि विभिन्न समुदायका मानिसलाई खोप सम्बन्धि सकारात्मक सन्देश प्रवाह गर्ने काम भैरहेको र यसलाई सबैले सहयोग गर्नुपर्ने सूदले बताएका छन् । समाजका प्रभावकारी व्यक्तिहरुको मद्दतबाट यसको सम्भव हुने भएकाले यसतर्फ काम भैरहेको उनले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५