बिहीबार, वैशाख १३, २०८१
15:00 | १९:४५

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८६ हजार नाघ्यो

एकैदिनमा १२४८ को मृत्यु

नेपाली लिङ्क जनवरी १५, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या  ८६ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बिहीबार राति १०:४० मा सार्वजनिक गरेको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा एक हजार २४८ जना संक्रमितको मृत्यु भएको छ ।

एकै दिनमा भएको मृत्यु भएको यो संख्या महामारी यताकै तेस्रो सबैभन्दा बढी हो । नयाँ थपिएका मृतकसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६ हजार १५  पुगेको छ । यो कोरोना संक्रमित भएको २८ दिनभित्र मृत्यु भएकाहरुको  तथ्याँकमा आधारित छ ।

एक हप्ताभित्र तीन हजार ४१७ जनाको मृत्यु भएको छ । बुधबार एकैदिनमा एक हजार ५६४ जनाको मृत्यु भएको थियो जुन बेलायतमा महामारी शुरु भएयताकै सबैभन्दा बढी हो ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ४८ हजार ६८२ जना संक्रमित थपिएका छन् । बेलायतमा करिब दुई साताअघिदेखि संक्रमितको संख्या ४० हजारमाथि रहँदै आएको छ ।

नयाँसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ३२ लाख ६० हजार २५८ पुगेको छ ।

बेलायतमा कोरोना संक्रमण र मृत्युदर अत्यधिक रुपमा बढेसँगै  फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ ।

बिहीबारसम्ममा ३३ लाख ५६  हजार २२९ जनालाई खोप वितरण गरिसकिएको स्वास्थ्य विभागले जनाएको छ ।

जसमध्ये २९ लाख १८ हजार २५२ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख ३७  हजार ९७७ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू