शनिबार, वैशाख १५, २०८१
20:15 | ०१:००

बेलायतमा साहित्यिक मलजल गर्दै विनेसाम पश्चिम शाखा 

नेपाली लिङ्क जनवरी १२, २०२१

लन्डन । विश्व नेपाली साहित्य पश्चिम शाखा बेलायत गत ४ मे, २०१८ मा लाल सुन्दर राईको अध्यक्षतामा सर्वसम्मत स्थापना भएको थियो । कार्यकालको शुरुताका स्रष्टाहरुका कविता संग्रह एवं अन्य कृतिहरुको विमोचन, साहित्यिक समारोह आयोजना तथा सहभागिता र त्रैमासिक गोष्ठी जस्ता सराहनीय कार्यक्रमहरुमा रमाएर अगाडि बढ्दा बढ्दै ‘कोभिड १९’ महामारीद्वारा ग्रस्त त्रासदी परिवेशभित्र विश्व अनायासै धकेलिन पुग्यो ।

यद्मपि दायित्वमाथि उभिएर आधुनिक भर्चुअल माध्यमद्वारानै भएपनि नितान्त आवश्यक साहित्यको सानो फूलवारीमा जग नवीकरण गर्नु बिनेसाम पश्चिम शाखा बेलायतको प्रमुख विषय थियो ।

सो अनुरुप २७ नोभेम्बर, २०२० का दिन बिनेसाम पश्चिमा शाखा बेलायत आगामी कार्यकालका लागि सर्वसम्मत निर्वाचित भयो लाल सुन्दर राईकै अध्यक्षतामा । कार्यकारी समिति (माथि तस्विरमा)

विश्व नेपाली साहित्य महासंघ (बिनेसाम) पश्चिम शाखा बेलायती 
माटोमा प्रवासीको रुपमा उभिएर स्वदेशको मनदेखि सम्झनामा छहरा छल्काउने चौतारी हो । रोधी बसिन्छ साहित्यिक चुलो बसाएर । अनि त्रैमासिक साहित्य गोष्ठी सञ्चालनमा बढ्दै नेपाली साहित्यिक क्षेत्रमा युगौ चम्किरहने नक्षेत्रहरुका उत्सव मनाउने हाम्रो चाहना छ । यो साल भूपी शेरचन, पारीजात वा इमानसिं चेमजोङ मध्ये एक परेका छन् ।

अन्तमा केन्द्रिय अध्यक्ष विजय हितानको अतुलनीय सहयोग र सिमान्त राईको साथप्रति असिम धन्यवाद ब्यक्त गर्दछु ।

लाल सुन्दर राई

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू