शुक्रबार, वैशाख १४, २०८१
09:43 | १४:२८

बेलायतमा कोरोनाले ज्यान गुमाउने आज पनि १२ सय नाघे

१ हजार २४३ संक्रमितको मृत्यु

नेपाली लिङ्क जनवरी १२, २०२१

लण्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप एक हजार २४३ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

उक्त मृतक संख्या बेलायतमा कोरोनाको महामारी शुरु भएयताको दोस्रो सबैभन्दा बढी हो । यसअघि गत शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी एक हजार ३२५ जनाको मृत्यु भएको थियो । एकैदिनमा धेरै मृत्यु भएको यो नै सबैभन्दा बढी संख्या हो ।

यसघि कोरोना संक्रमणको पहिलो लहरको बेला गत वर्ष अप्रिल २१ मा एक हजार २२४ जनाको मृत्यु भएको थियो । मंगलबार सार्वजनिक तथ्याँक अनुसार हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८३ हजार २०३ पुगेको छ ।

एकसाताभित्र बेलायतमा छ हजार ८९८ जनाको मृत्यु भएको छ ।

यसैगरि पछिल्लो २४ घन्टामा थप ४५ हजार ५३३ जना नयां संक्रमित थपिएका छन् ।  बेलायतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ३१ लाख ६४ हजार ५१ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

एकहप्तामा मात्र झन्डै तीन लाख ९० हजार नयाँ  संक्रमित थपिएका छन् । हाल बेलायतका अस्पतालमा ३५ हजारभन्दा बढी कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये तीन हजार ३६३ जनालाई भेन्टिलेटर बेडमा राखिएको छ ।

बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपमा बढेपछि फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ । मंगलबारसम्ममा २८ लाख ४३ हजार ८१५ जनालाई खोप वितरण गरिसकिएको स्वास्थ्य विभागले जनाएको छ ।

जसमध्ये चार लाख १२ हजार १६७ जनाले खोपको दोस्रो अर्थात अन्तिम डोज लिइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू