शनिबार, वैशाख १५, २०८१
20:47 | ०१:३२

तमु समाज यूकेको ल्वो ल्होछार/ल्होसार

मुखपत्र 'सलि ट' स्मारिकाको तेस्रो अंक विमोचन

नेपाली लिङ्क जनवरी १२, २०२१

लन्डन । तमु समाज यूकेले आइतबार १० जनवरी २०२१ का दिन मुसा वर्गलाई विदाई गरी गाई वर्गको स्वागत गर्दै भर्चुअल प्रविधिमार्फत ल्वो ल्होछार/ल्होसार मनाएको छ । साथै समाजले आफ्नो मुखपत्र ‘सलि ट’ स्मारिकाको तेस्रो अंक पनि विमोचन गरयो ।

तमु समाज यूकेका अध्यक्ष शिवचन्द्र गुरुङले बत्ती बालेर कार्यक्रम शुभारम्भ गरेका थिए ।

समाजका महासचिव हर्कबहादुर गुरुङले कार्यक्रम सञ्चालन गर्दै शुरुमा तमु समाज यूके कार्यसमिति का सदस्य स्वर्गीय खुशीमान गुरुङका साथै सम्पूर्ण दिवंगतप्रति २ मिनेट मौनधारण गराए । साथै अस्वस्थ्य सम्पूर्ण मानव जातीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरियो ।

कार्यक्रममा तमु समाजका उपाध्यक्ष शिवकुमार गुरुङले स्वागत मन्तव्य राखेका थिए । समाजका महासचिव हर्कबहादुर गुरुङले समाजको पांचौ कार्यसमितिले २०१९-२०२० मा धेरै उल्लेखनीय कार्य गरिसकेको अवगत गराउंदै विगत दुई वर्षको अवधिमा गरिएका सामाजिक कार्य तथा कार्यक्रमबारे संक्षेपमा जानकारी दिए ।

तत्पश्चात तमु समाज यूकेका अध्यक्ष शिवचन्द्र गुरुङले तमु (गुरुङ) हरुको महान पर्व पुष पन्ध्र (१५) मुसा वर्गलाई विदाई गरि गाई वर्गको स्वागत गर्दै मनाइने पर्व ल्वो ल्होछार/ल्होसारको शुभकामना (आशिमाला) व्यक्त गरे ।

उनले समाजले अहिलेसम्म गरेका उपलब्धिको चर्चा गर्दै सम्पूर्ण सदस्यहरूलाई धव्यवाद पनि दिए ।

सो अवसरमा तमु समाज यूकेको मुखपत्र सलि ट (सुनखरी) का संयोजक तथा सल्लाहकार लेखबहादुर गुरुङले सलि टबारे विस्तृत जानकारी दिंदै सम्पूर्ण सहयोगी, लेख रचना दिने लेखकदेखि 
प्रयोजकहरुलाई धन्यवाद दिए । त्यसपछि स्मारिका विमोचन गरिएको थियो । सल्लाहकार लेखबहादुर गुरुङले आफूलाई दिइएको जिम्मेवारी सफलताका साथ 
सम्पन्न गर्न पाउंदा खुशी लागेको बताउंदै समाजका अध्यक्ष शिवचन्द्र गुरुङ लगायत समाजलाई धन्यवाद दिए ।

उक्त कार्यक्रममा शुभकामना सन्देश पठाउने नेपालका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, गन्डकी प्रदेशका मुख्यमन्त्री 
पृथ्वीसुब्बा गुरुङ, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद डा. जगमान गुरुङ, शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ, तमु ह्यूल छोंजधिं राष्ट्रिय गुरुङ परिषद नेपालका अध्यक्ष रेशम गुरुङ आदिलाई धन्यवाद दिइयो ।

यसै अवसरमा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले गुरुङ भाषा र नेपालीमा शुभकामना दिंदै समाजले अहिलेसम्म अति प्रशंसनीय काम र कोभिड 
१९ को बेलामा पनि अति अनुकरणीय स्वयंसेवा गरेकामा सबैलाई वधाई तथा प्रशंसा गरे । उनले अझै जोस जांगरका साथ समाजसेवाको भावनाले काम गर्न र समाजको नाम सधैं उच्च राख्न पनि आग्रह गरे ।

संस्थापक अध्यक्ष गुरुङले अध्यक्षलगायत समस्त कार्यसमितिलाई उनीहरुको कडा परिश्रम र आर्थिक सहयोगप्रति आभार समेत व्यक्त गरे । कार्यक्रममा उनले ‘सलि ट’ तेस्रो अंक प्रकाशन भएकामा संयोजक तथा सल्लाहकर लेखबहादुर गुरुङ लगायत सम्पूर्ण सहयोगीलाई बधाइ पनि दिए ।

कार्यक्रममा श्रीमति मिरा गुरुङ, अर्जुनकुमार गुरुङ (निवर्तमान अध्यक्ष), बिजु गुरुङ (सल्लाहकार, निवर्तमान उपाध्यक्ष), श्रीमती बिन्दु घले आमा समूह अध्यक्ष, श्रीमती माया गुरूङ (सल्लाहकार, आमा समूह निवर्तमान अध्यक्ष), बाबुराम गुरुङ (समाज घर मेनेजर, सल्लाहकार), लेख गुरुङ (सल्लाहकार तथा तनहुं जिल्ला समाज यूकेका अध्यक्ष), ज्ञान गुरुङ (सल्लाहकार, निवर्तमान महासचिव), ओमकार गुरुङ युथ चियरमेन साथै सचिव, क्याप्टेन तेसरजङ गुरुङ 
(पब्लिक फन्ड संयोजक), लेप्टेन थमप्रसाद गुरुङ (सल्लाहकार, संस्थापक अध्यक्ष गुरुङ समाज गोर्खा जिल्ला यूके), केदारबहादुर गुरुङ (सल्लाहकार, पूर्व कोषाध्यक्ष, निवर्तमान संयोजक), क्याप्टेन जीवन कुमार गुरुङ (आजीवन सदस्य साथै अध्यक्ष RYOUKCIO बुद्धिष्ट सेन्टर), उदय गुरुङ (सल्लाहकार तथा निवर्तमान कोषाध्यक्ष), सल्लाहकार सुवासिंह गुरुङले लोछार ल्होसारको आशिमाला (शुभकामना) व्यक्त गरेका थिए ।


वक्ताहरुले संस्थाको गतिविधिबारे पनि चर्चा गरे ।कार्यक्रमको अन्त्यमा अध्यक्ष शिवचन्द्र गुरुङले उपस्थिति सबैलाई धन्यवाद साथै मुखपत्र सलि ट (सुनखरी) का संयोजक लेखबहादुर गुरुङलाई धन्यवाद दिए । उनले ‘भर्चुअल’ ल्होछार ल्होसार कार्यक्रम 
गर्न अहंम भूमिका निर्वाह गर्ने उपाध्यक्ष शिवकुमार गुरुङ साथै निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङलाई धन्यवाद दिए ।

अन्त्यमा महासचिवले सम्पूर्ण सहभागीलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू