शुक्रबार, वैशाख ७, २०८१
11:09 | १५:५४

बेलायतमा दश दिनपछि संक्रमित संख्या ५० हजार कम

२४ घन्टामा ४६ हजार १६९ जना संक्रमित

नेपाली लिङ्क जनवरी ११, २०२१

लन्डन । बेलायतमा दशदिनसम्म लगातार ५० हजारमाथि कोरोना संक्रमित रहँदै आएकोमा सोमबार ४६ हजार १६९ मा झरेको छ । नयाँ संक्रमितसंगै बेलायतमा संक्रमितको संख्या ३१ लाख १८ हजार ५१८ पुगेको छ ।

विगत केहिदिनयता बेलायतमा कोरोना संक्रमितको संख्या, मृतक संख्या तथा अस्पताल भर्ना हुनेको संख्यामा महामारी शुरु भएयताकै नयाँ रेकर्ड कायम भएको थियो । गत शुक्रबार एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका थिए ।

यसैगरी पछिल्लो २४ घन्टामा थप  ५२९ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ के जानकारी दिएको छ । यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८१ हजार ९६० पुगेको छ ।

मृतक संख्याको आधारमा विश्वमा सबैभन्दा बढी मृत्यु हुने मुलुकमा बेलायत अमेरिका, ब्राजिल, मेक्सिको र भारतपछि पाँचौं स्थानमा छ । यसघि पाँचौं स्थानमा रहेको इटालीलाई बेलायतले गताहप्ताबाट पछि पार्दै आएको हो ।

इटालीमा हालसम्म ७९ हजार २०३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू