शनिबार, वैशाख १५, २०८१
22:55 | ०३:४०

बेलायतमा ५४ हजार भन्दा बढी संक्रमित, ५६३ को मृत्यु   

३२ हजारभन्दा बढीको अस्पतालमा उपचार

नेपाली लिङ्क जनवरी १०, २०२१

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप  ५४ हजार ९४० नयाँ कोरोना संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ के जानकारी दिएको छ ।

पछिल्ला दश दिनयता नयाँ  संक्रमितको संख्या दैनिक ५० हजारभन्दा बढी रहँदै आएको छ । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३० लाख ७२ हजार ३४९ पुगेको छ ।

यसैगरी २४ घन्टाभित्र थप ५६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सामान्यतया ‘वीकेण्ड’ को समयमा सार्वजनिक गरिने तथ्याँक अन्य दिनको तुलनामा कम हुने भएपनि आज सार्वजनिक आइताबारमध्येको संख्या सात महिनायताकै उच्च हो ।

आइतबार सांझसम्मको तथ्याँक अनुसार हालसम्म बेलायतमा ८२ हजार ६२४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पताल भर्ना हुनेको संख्यामा निरन्तर वृद्धि भइरहेको छ ।

हाल ३२ हजारभन्दा बढीको अस्पतालमा उपचार भइरहेको छ भने तीन हजारभन्दा बढी भेन्टिलेटर बेडमा उपचारार्थ छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू