शुक्रबार, चैत १६, २०८०
10:01 | १५:४६

बेलायतमा अलपत्र नेपालीलाई स्वदेश भित्रयाउन नयाँ रणनीति बनाउने तयारी

नेपाली लिङ्क जनवरी १०, २०२१

लन्डन । बेलायतमा अलपत्र नेपालीलाई स्वदेश भित्रयाउन नेपाल सरकारले नयाँ रणनीति बनाउने तयारी गरेको छ । बेलायतमा कोरोनाको नयाँ स्वरूप फैलिएसँगै सरकारले यूकेबाट हुने आवागमनमा रोक लगाएपछि अहिले थुप्रै यात्रु अड्किएका छन् ।

ति अलपत्र नेपालीलाई कसरी नेपाल लैजाने भन्नेबारे छलफल भइरहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको बेलायतबाट नेपाल जानेलाई कम्तीमा १० दिन क्वारेन्टिनमा राख्नुपर्ने प्रस्तावमा सीसीएमसी सचिवालयमा छलफल भइरहेको जनाइएको छ । बेलायतबाट नेपाल भित्रिएपछि १० दिन क्वारेन्टिनमा बस्ने व्यवस्था गरिए आवतजावत खोल्न सकिने निष्कर्षमा स्वास्थ्य मन्त्रालय छ ।

नेपालको अध्यागमन विभागले बेलायतमा कोरोना भाइरसको नयां स्वरुप तीव्र फैलिइरहेपछि गत पुस ७ गते देखि बेलायतबाट नेपाल उडानमा रोक लगाएको छ । यसबाट कयौं नेपाली फर्कन सकेका छैनन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू