शनिबार, वैशाख १५, २०८१
03:49 | ०८:३४

राष्ट्रिय महिला भलिबल कप्तान अरुणा जिताऔं अभियानलाई बेलायतबाट सहयोग

नेपाली लिङ्क जनवरी १०, २०२१

लन्डन । पल्सर स्पोर्टस् अवार्डको लागि मनोनयनमा परेकी नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही जिताऔं अभियानमा बेलायतका भलिबल खेलाडीले सहयोग गरेका छन् ।  

बेलायतको अल्डरसट भलिबल क्लबले अरुणा जिताऔं अभियानलाई ५० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको क्लबका कोषाध्यक्ष विमल गुरुङले नेपाली लिँकलाई जानकारी दिए ।  

क्लबका कप्तान शंकर थापाको संयोजनमा क्लबआबद्ध खेलाडीहरुबाट संकलित रकम राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणालाई हस्तान्तरण गरिसकिएको छ ।  

पोखरामा अरुणा जिताऔं अभियानले आयोजना गरेको भलिबल प्रतियोगिताकै अवसरमा राष्ट्रिय भलिबल संघका केन्द्रीय सदस्य राजकुमार गुरुङले कप्तान अरुणालाई क्लबले पठाएको सहयोग रकम हस्तान्तरण गरेका थिए ।  

बेलायतस्थित भलिबलप्रेमी नेपाली युवाहरुलाई संगठित  गर्दै आएको अल्डरसट भलिबल क्लबले बेलायतका नेपाली खेलाडीमाझ भलिबल प्रतियोगिता आयोजना गर्ने गरेको छ । क्लबले नेपालको भलिबल खेल विकासमा समेत सक्दो सहयोग पुरयाउने लक्ष्य लिएको क्लबका अध्यक्ष स्वर्ग गुरुङ बताउंछन् ।  

सामाजिक कार्यहरुमा पनि अल्डरसट भलिबल क्लब सक्रिय बन्दै आएको छ ।

क्लबले यसअघि दक्षिण एशियाली खेलकुदमा सहभागी हुने महिला भलिबल टोलीलाई जर्सी तथा महिला र पुरुष वीच भलिबल टोलीलाई ज्याकेट प्रदान गरेको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू