मंगलबार, वैशाख ११, २०८१
10:31 | १५:१६

बेलायतमा कोरोनाको नयाँ रेकर्ड: मृतक र संक्रमित संख्या अहिलेसम्मकै धेरै

एकदिनमै थपिए १३ सय २५ मृतक र ६८ हजार ५३ संक्रमित

नेपाली लिङ्क जनवरी ८, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमण हुने र कोरोनाका कारण ज्यान गुमाउने संक्रमितहरुको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।  

शुक्रबारसम्मको पछिल्लो २४ घण्टामा संक्रमित हुने र कोरोनाले मृत्‍यु हुने दुवैको संख्या महामारी शुरु भएयताकै धेरै रेकर्ड भएको छ ।

गत आठ दिनदेखि दैनिक पचास हजार माथि संक्रमित रहँदै आएको बेलायतमा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका हुन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शुक्रबार ४ बजे सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टाभित्र ६८ हजार ५३ जना नयां संक्रमित थपिएका छन् ।

यो संख्या अघिल्लो दिनको तुलनामा १६ हजार भन्दा बढी हो भने बेलायतमा कोरोनाको महामारी शुरु भएयताकै सबैभन्दा बढी हो ।

यसैगरी कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि महामारीपछिकै उच्च रेकर्ड भएको छ । पछिल्लो २४ घन्टामा एक हजार ३ सय २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको जम्मा संख्या ७९ हजार ८३३ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू