बिहीबार, वैशाख १३, २०८१
01:58 | ०६:४३

बेलायती सेनाका पूर्व प्रमुख आफ्नो सम्पत्ति गोर्खाहरुलाई दान गरेर अस्ताए

नेपाली लिङ्क जनवरी ८, २०२१

बेलायती सेनाका पूर्व ‘डिफेन्स स्टाफ चिफ’ लर्ड एडविन ब्रामल

लण्डन । बेलायती सेनाका एक पूर्व प्रमुखले आफ्नो सम्पत्तिको एक हिस्सा गोर्खा वेल्फेयर ट्रस्टलाई दान गरेका छन् ।

गत नोभेम्बर महिनामा निधन भएका पूर्व ‘डिफेन्स स्टाफ चिफ’ लर्ड एडविन ब्रामलले आफ्नो ४ लाख ८६ हजार २ सय ५९ पाउण्ड मूल्यको सम्पत्तिबाट एक चौंथाई (२५ प्रतिशत) ट्रस्टलाई प्रदान गरेका हुन् । उनी गोर्खा वेल्फेयर ट्रस्टका एक संरक्षकसमेत थिए ।

बेलायती पत्रिका डेली मेलका अनुसार निधन हुनु केहि महिना पहिले लर्ड ब्रामलले आफ्नो मृत्युपश्चात सम्पत्ति ४ हिस्सा लगाएर सहयोग गर्ने विल (ईच्छापत्र) गराएका थिए । जसमा उनले गोर्खा वेल्फेयर ट्रस्ट र ह्याम्पशायरको अल सेन्ट चर्चलाई एक-एक हिस्सा दिन चाहेका थिए भने बाँकी दुई हिस्सा भविष्यमा जन्मिने उनका पनाति-पनातिनाको लागि छुट्याएका थिए ।

गोर्खा वेल्फेयर ट्रस्टले लर्ड ब्रामलको सहयोग लिने कार्य अझै प्रक्रियामै रहेको बताएको छ ।

बेलायती सेनामा सेवाको क्रममा १० वर्ष गोर्खा राइफल्समा रहेर काम गरेका लर्ड ब्रामल गोर्खाहरुको साहस र इमान्दारीको प्रशंसक थिए । उनले कयौं अवसरमा गोर्खाहरुको खुलेरै तारिफ गर्ने गरेका थिए ।

सन् १९८५ मा सेनाबाट रिटायर्ड भएपछि लर्ड ब्रामल हयाम्पशायरको क्रोन्डालमा बस्दै आएका थिए । गत नोभेम्बर महिनामा ९५ वर्षको उमेरमा उनको निधन भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू