बिहीबार, चैत १५, २०८०
17:08 | २२:५३

बेलायतका व्यवसायी रविजंगले पर्वतमा दिए १० हजार थान मास्क र स्यानिटाइजर

सरकारको कोरोना कोषमा दिएका थिए १५ लाख

नेपाली लिङ्क जनवरी ७, २०२१

व्यवसायी एवम् समाजसेवी रविजंग लामिछाने

लण्डन । बेलायतका एक सफल व्यवसायी एवम् समाजसेवी रविजंग लामिछानेले कोरोना महामारीका बेला आफ्नै जन्मभूमिमा स्वास्थ्य-सुरक्षा सामग्री सहयोग पठाएका छन् । 

उनले पर्वत र म्याग्दीका दुई विद्यालय एवं पर्वतको एक स्वास्थ्य चौकीलाई कुल १० हजार मास्क प्रदान गरेका हुन् । पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नम्बर ६ तिलाहारस्थित नवजागृत माध्यमिक विद्यालय, म्याग्दीको मंगला माध्यमिक विद्यालय र पर्वत तिलाहार स्वास्थ्यचौकीका लागि उनले स्वास्थ्य-सुरक्षा सामग्री प्रदान गरेका हुन् । 

समाजसेवी लामिछानेले पठाएका १० हजार थान मास्क, स्यानिटाइजर र ह्यान्डवास लगायतका सामग्री उनकै दिदी इन्दु लामिछानेले हस्तान्तरण गरेकी छन् । 

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेका बेला स्थानीय विद्यालयमा अध्ययनरत बालबालिकाको सुरक्षामा सहयोग पुगोस् भनेर सुरक्षा सामग्री पठाएको लामिछानेले बताए ।

महामारीका बेला समेत पर्याप्त मात्रामा आधारभूत सुरक्षा सामग्री नरहेको स्वास्थ्य चौकीमा पनि आफ्नो सहयोगबाट मद्धत पुग्ने आशा उनले राखेका छन् । 

बेलायतमा एक सफल नेपाली व्यवसायीका रुपमा स्थापित लामिछानेले नेपाल सरकारको कोरोना राहत कोषमा पनि १५ लाख रुपैंया सहयोग पठाइसकेका छन् । 

सामाजिक कार्यहरुमा सधै अगाडि उनले नेपालमा ठूलो रकम खर्चिएर कयौं मन्दिरहरुको स्थापना गराएका छन् । सामाजिक क्षेत्रमा पनि उनले दशौं लाख रुपैंयाको सहयोग बाँडिसकेका छन् । केही वर्षअघि नेपालमा महाभूकम्पको बेला मात्रै उनले नेपाल सरकारमार्फत् ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेका थिए ।  

बेलायतको अल्डरसटमा निर्माणाधिन शिव मन्दिरको लागि समेत लामिछानेले  १५ हजार पाउण्ड बढीको आर्थिक सहयोग र साढे ४ सय किलो तौलका मूर्तिहरु प्रदान गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू