शनिबार, साउन १२, २०८१
12:12 | १६:५७

बेलायतमा एकैदिन १०४१ संक्रमितको मृत्यु

६२ हजार ३२२ जना नयाँ कोरोना संक्रमित

नेपाली लिङ्क जनवरी ६, २०२१

लन्डन । बेलायतमा बुधबार एकै दिनमा एक हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप एक हजार ४१ जना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ले जानकारी दिएको छ ।

यो संख्या गत अप्रिल पछिको सबैभन्दा बढी हो । यससंगै  बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७७ हजार ६२४ पुगेको छ ।

यसैगरी कोरोना संक्रमितको संख्यामा पनि नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घन्टामा ६२ हजार ३२२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बेलायतमा कोरोना संक्रमितको संख्या २८ लाख ३६ हजार ८०१ पुगेको छ ।

अस्पताल भर्ना हुनेको संख्या पनि एकैदिन ३ हजार १७९ पुगेको छ भने हाल अस्पतालमा उपचार गराउनेको संख्या ३० हजार नाघेको छ । यो संख्या पनि अहिलेसम्मकै सबैभन्दा बढी हो ।

गत अप्रिलमा संक्रमणको ‘पिक’ समयमा २१ हजार ६८४ जना अस्पताल उपचारार्थ भर्ना भएका थिए । उक्त समयको तुलनामा हाल ३९ प्रतिशत बढी अस्पताल भर्ना भएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू