बुधबार, वैशाख १२, २०८१
19:42 | ००:२७

बेलायतमा कोरोनाले नेपाली महिलाको निधन

नेपाली लिङ्क जनवरी ६, २०२१


लण्डन । कोरोना संक्रमणको कारण बेलायतमा थप एक नेपाली महिलाले ज्यान गुमाएकी छन् ।

५१ वर्षकी ती महिलाको गत आइतबार मृत्यु भएको हो ।

मृतकको परिवार निकट हङकङ नेपाली मञ्च यूकेका अध्यक्ष ह्यारी गुरुङका अनुसार केन्टको मेइडस्टोन एण्ड टनब्रिज वेल्स हस्पिटलमा उपचारकै क्रममा उनको निधन भएको हो ।

कोभिड संक्रमित  मृतकका पति समेत अहिले अस्पतालमै उपचाररत रहेको मञ्चका अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।

उनको निधनमा गुल्मी जिल्ला समाज यूके र हङकङ नेपाली मञ्च यूकेले दु:ख व्यक्त गरेका छन् ।  

समाजका अध्यक्ष टोप पल्ली र मञ्चका अध्यक्ष ह्यारी गुरुङले छुट्टाछुट्टै  रुपमा मृतकप्रति श्रद्धान्जलीसहित उपचाररत पतिको स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।  

( मृतकको परिवारको आग्रहमा उनको नाम, तस्विर र परिवारसम्बन्धी जानकारी सम्पादन गरिएको छ- सं )

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू