बिहीबार, चैत १५, २०८०
15:22 | २१:०७

बेलायतमा पृथ्वी जयन्ती मनाउन प्रवुद्ध वक्ताहरु आउने

नेपाली लिङ्क जनवरी ५, २०२१

गत वर्षको कार्यक्रम झलक

लन्डन । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले आउंदो साता पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यरुपमा मनाउने तयारी गरेको छ । यसपटक २९९ औं पृथ्वीजयन्ती ११ जनवरी, बिहान ११ बजेदेखि जुममार्फत फरक ढंगले मनाइंदैछ ।

संगठनका अध्यक्ष भरत क्षेत्रीले कोभिड महामारीका कारण जुममा मनाउनु परेपनि प्रवुद्ध वक्ताहरुलाई कार्यक्रममा निम्त्याइएको जानकारी दिए ।

क्षेत्रीका अनुसार, यसपटक कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक भएर काम गरिसकेका एवं नेपालको कम्युनिष्ट आन्दोलनबारे विद्यावारिधि गरेका राजनैतिक विश्लेषक डा. सुरेन्द्र केसी, नागरिक समूह नेपालका अध्यक्ष निगम हुमागाईं, वरिष्ठ समाजसेवी डा. राघवप्रसाद धिताल (ओबीइ) लगायत बेलायत र नेपालका कयौं वुद्धिजिवीहरुको सहभागिता रहनेछ ।

संगठनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपालको परिचय र पहिचानको प्रतीक भन्दै पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यरुपमा सफल बनाउन सहभागिताका लागि सबैमा अपिल गरेको छ । जुम विवरण पछि उपलब्ध गराइनेछ ।

भरत क्षेत्रीको एक्लो प्रयासमा संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले राजतन्त्र हटाइएपछिको प्रतिकुल परिस्थितिमा पनि विगत १२ वर्षदेखि पृथ्वी जयन्ती निरन्तर मनाउंदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू