शुक्रबार, चैत १६, २०८०
09:32 | १५:१७

लकडाउनमा दूतावासको सेवा हुलाकमार्फत

नेपाली लिङ्क जनवरी ५, २०२१

लन्डन । लन्डनस्थित नेपाली दूतावासले बेलायत सरकारले लागू गरेको लकडाउन पालना गर्न समस्त नेपालीमा अनुरोध गरेको छ । दूतावासले मंगलबार एक ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै बेलायत सरकारका नयां नियम तथा 
निर्देशनहरु पालना गर्न अनुरोध 
गर्दै आफ्नो सेवाबारे अपडेट गराएको छ ।

राजदूतावासको नियमित कन्सुलर सेवाहरु जस्तै राहदानी नवीकरण, यात्रा अनुमति पत्र, गैरआवासीय नेपाली परिचय पत्र, भिसा एवं कागजात 
प्रमाणीकरणका लागि राजदूतावासको वेबसाइट https://uk.nepalembassy.gov.np मा रहेको विवरण अनुसारको कागजात तयार गरी हुलाकमार्फत्‌ पठाउन आग्रह गरेको छ ।

त्यसैगरि, अधिकृत वारेसनामा र मञ्जुरीनामा लगायत कामका लागि दूतावासको निम्न टेलिफोन/इमेलबाट अफिस खुल्ने दिन विहान १० देखि ५ बजेसम्म सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

-फोनः +४४-२०७२२९१५९४, ०२० ७२२९९६५५ (भिषा), ०२०७२४३७८५९ (कन्सुलर),

इमेलः [email protected]

-अत्यन्त जरुरी काम परेमा कार्यालय समयबाहेक र बिदाको दिनमा मोबाइल नं. +४४-७४०४९३९२७४ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू