शनिबार, वैशाख ८, २०८१
13:53 | १८:३८

बेलायतमा लगातार सातौँ दिन ५० हजार बढी संक्रमित

२४ घन्टामा थप ४०७ संक्रमितको मृत्यु

नेपाली लिङ्क जनवरी ४, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमितको संख्या लगातार सातौँ दिन पनि ५० हजारभन्दा माथि पुगेको छ । सोमबार सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप ५८ हजार ७८४ जना नयाँ संक्रमित थपिएका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारीअनुसार बेलायतमा कोरोना संक्रमितको जम्मा संख्या २७ लाख नाघेको छ । सोमबारसम्मको संक्रमित संख्या २७ लाख १३ हजार ५६३ पुगेको छ ।

बेलायतमा हाल देखिएको संक्रमित संख्या महामारी शुरु भएयताकै सबैभन्दा उच्च हो । यसैगरी पछिल्लो २४ घन्टामा थप ४०७ जना संक्रमितको मृत्यु भएको छ ।

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार ४३१ पुगेको छ । बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेपछि पुन:राष्ट्रिय लकडाउन गर्ने तयारी भएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज साँझ ८ बजे टेलिभिजन सम्बोधनमार्फत लकडाउनसम्बन्धी भावी योजनाबारे जानकारी दिने भएका छन् ।

बेलायतमा आजैबाट अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्धारा संयुक्त रुपमा निर्मित कोभिड खोपको आम वितरण शुरु गरिएको छ । बेलायतले यसअघि नै फाइजर-बायोएनटेकद्वारा विकसित करिब दश लाख डोज खोप वितरण गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू