बुधबार, वैशाख १२, २०८१
18:42 | २३:२७

पूर्व काउन्सिलर धनको अर्को गीत ‘हावा सरर’, भिडियोमा आँचल र प्रदीप

नेपाली लिङ्क जनवरी ३, २०२१

पूर्व काउन्सिलर धन गुरुङ

लन्डन । बेलायतमा नेपालीमुलका पहिलो काउन्सिलर एवं भूतपूर्व गोर्खा धनकिरण गुरुङको गीत-संगीत मोह अचेल झन् बढेको छ । केही साताअघिमात्रै ‘तिमी र म’ बोलको गीत अनि म्यूजिक भिडियो सार्वजनिक गरेका उनी अर्को क्रियसन लिएर दर्शक-श्रोतासामु प्रस्तुत भएका छन् ।

नयां वर्षकै दिन गत शुक्रबार डिजी प्रोडक्सन यूके डिजिटल साउण्ड एण्ड भिजनको यूट्युबमार्फत गुरुङको स्वर, शब्द र संगीत रहेको ‘हावा सरर’ गीत र म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । धनलाई नेपालकी चर्चित गायिका अन्जु पन्तले पनि साथ दिएकी छन् ।

उक्त गीतमा संगीत संयोजन सुरथ प्रधानको छ ।

‘संगीत एक किसिमको नशा नै हो’, गुरुङ उत्साहित हुंदै भन्छन्, ‘लकडाउनको फूर्सद र महामारी सन्त्रासका बेला गीत संगीतमार्फत अरुको पीडा भुलाउने उद्देश्य पनि मेरो हो ।’

नेपाली चलचित्र उद्योगमा नाम चलेका निर्देशक मिलन चाम्सले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा नेपालका लोकप्रिय कलाकारहरु नायक प्रदीप बास्तोला, मोडल एवं नायिका आँचल शर्माका साथै हांस्यकलाकार बुद्धि तामाङको दमदार अभिनय छ । निर्मात्री हुन् अल्का गुरुङ ।

हेरौं भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू