बिहीबार, चैत १५, २०८०
08:44 | १४:२९

तमुधिं लण्डन इकाईमा आयो नयाँ नेतृत्व

विष्णु गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति

नेपाली लिङ्क जनवरी ३, २०२१

लण्डन । तमुधिं लण्डन इकाइमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार भर्चुअल माध्यमबाट सम्पन्न संस्थाको १३ औं वार्षिकोत्सवका अवसरमा विष्णु गुरुङको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमिति घोषणा भएको हो ।

यसअघि गत अक्टोबर १८ मा सम्पन्न संस्थाको अधिवेशनले सर्वसम्मतिमा चयन गरेको कार्यसमिति अहिले घोषणा गरिएको हो । नवनिर्वाचित कार्यसमितिले शपथग्रहणसंगै आफ्नो कार्यभार पनि ग्रहण गरेको छ ।

३ वर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिको उपाध्यक्षमा ललितमान गुरुङ, भरत गुरुङ र बेनमान गुरुङ छन् । अन्तर संस्था सम्बन्ध संयोजकमा दिलमाया गुरुङ चुनिएकी छन् भने महासचिवमा विकास (रक) गुरुङ, कोषाध्यक्षमा नन्द गुरुङ र सह-कोषाध्यक्षमा प्रेमराज गुरुङ चयन भएका छन् ।

कार्यसमितिको प्रपर्टी सेक्रेटरीमा जगत गुरुङ तथा सहसेक्रेटरीमा दशरथ गुरुङ , फुड एण्ड बेभरेज सेक्रेटरीमा नारायण गुरुङ तथा सहसेक्रेटरीमा प्रकाश गुरुङ, सांस्कृतिक सेक्रेटरीमा कुमार गुरुङ तथा सहसेक्रेटरीमा मिना गुरुङ, मेडिया सेक्रेटरीमा सुशिल गुरुङ र सदस्यहरुमा लाल क्होला गुरुङ र दल गुरुङ चुनिएका छन् ।

यस्तै, तमुधिं लण्डन इकाईको आमा समूह अध्यक्षमा कमला गुरुङ चयन भएकी छन् । आमा समूहको उपाध्यक्षमा देवकला गुरुङ र बिनु गुरुङ तथा महासचिवमा गुना गुरुङ, सहसचिवमा दुर्गा गुरुङ, कोषाध्यक्षमा गुड्डु गुरुङ र सहकोषाध्यक्षमा संगीता गुरुङ छन् । समूहको कार्यक्रम संयोजक हेलिसा गुरुङ, हेल्थ एण्ड सेफ्टी सेक्रेटरी समीक्षा गुरुङ तथा कार्यक्रम सञ्चालक सञ्जु घले र सहसञ्चालक सजिना गुरुङ चुनिएका छन् ।

संस्थाको युवा संयोजकमा अभियान गुरुङ, सह-संयोजकमा पुकार गुरुङ र सदस्यमा जेनिका गुरुङ र अनुपमा गुरुङ चयन भए ।

नयाँ कार्यसमिति घोषणाका अवसरमा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, तमुधिं यूके अध्यक्ष हित काजी गुरुङ, तमुधिं यूके पूर्व अध्यक्ष ज्ञाम गुरुङ लगायतले शुभकामना दिएका थिए ।

यसअघि नयाँ कार्यसमिति चयनको प्रक्रिया सल्लाहकार क्याप्टेन प्रेमबहादुर गुरुङ संयोजक तथा पूर्व अध्यक्ष डेभिड गुरुङ, आमा समूहकी निवर्तमान अध्यक्ष हुमकुमारी गुरुङ र सल्लाहकार कमला गुरुङ सदस्य रहेको निर्वाचन समितिले सञ्चालन गरेको थियो ।

संस्थाको १३ औं वार्षिकोत्सवका अवसरमा समाजमा विभिन्न हिसाबले योगदान पुरयाउने क्या प्रेमबहादुर गुरुङ र स्व चेतप्रसाद गुरुङ (मरणोपरान्त) लाई ‘तमुधिं लण्डन इकाई पर्सनालिटी अवार्ड २०२०’ बाट सम्मान गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू