शुक्रबार, वैशाख ७, २०८१
15:55 | २०:४०

बेलायती प्रधानमन्त्रीका पिता फ्रान्सेली नागरिक बन्दै

बेलायतले ईयू छोडेकोमा सांकेतिक विरोध

नेपाली लिङ्क जनवरी २, २०२१

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनका ८० वर्षीय पिता स्टान्ली जोन्सनले फ्रान्सको नागरिकताका लागि आवेदन दिएका छन् । आफ्नी आमाको जन्म फ्रान्समा भएकोले आफू फ्रेन्च नागरिक रहेको दाबी गर्दै उनले फ्रान्सेली नागरिकता लिन आवेदन दर्ता गरेका हुन् ।

‘आफ्नो पहिचान के हो भन्ने’ कुरा प्राप्त गर्नको लागि आफू फ्रेन्च नागरिक बन्न लागेको धारणा प्रधानमन्त्री पिताले व्यक्त गरेका छन् । आफू अब युरोपियन भएर बस्ने बताउंदै उनले भने, ’अब मलाई ब्रिटिश भन्न सक्नुहुन्न’ । 

युरोपियन युनियनबाट बेलायतको बहिर्गमन टुंगिएकै बेला प्रधानमन्त्री जोन्सनका पिताले चालेको यो कदमलाई बेलायतले गरेको निर्णयको विरोधको रुपमा हेरिएको छ ।

उनले सन् २०१६ को जनमत संग्रहमा बेलायत युरोपियन युनियनसँगै रहनुपर्ने पक्षमा समर्थन जनाएका थिए । जोन्सन  यसअघि युरोपेली संसदको सदस्य समेत भइसकेका व्यक्ति हुन् । सन् २०१६ मा सम्पन्न जनमत संग्रहमा बहुमत (५२%) बेलायती जनताले युरोपेली संघबाट बाहिरिने पक्षमा मत दिएका थिए ।

बुधबार राती ११ बजेदेखि  बेलायतले यसअघि संघको सदस्य राष्ट्रका रुपमा मान्दै आएको युरोपेली संघका नियम तथा कानूनहरुबाट मुक्ति पाएको छ । व्यापार, इमिग्रेसन, आवतजावत, सुरक्षा लगायतका क्षेत्रमा बेलायतले स्वतन्त्र रुपमा आफ्नै नीति-नियमको कार्यान्वयन शुरु गरेको छ ।

युरोपभित्रका २७ सदस्य राष्ट्रहरुबीचको राजनीतिक एवम् आर्थिक सम्बन्धको यो ‘नेटवर्क’ सँग सन् १९७३ मा जोडिएको बेलायतको नाता ४७ वर्षपछि तोडिएको छ ।

बेलायत युरोपेली संघमा सदस्य रहँदासम्म बेलायत र युरोपबीच ‘फ्रि मुभमेन्ट’ सुविधा थियो । जसअनुसार युरोपेलीहरुलाई बेलायतमा  र बेलायतीहरुलाई युरोपमा स्वतन्त्रतापूर्वक आवतजावत गर्न, बस्न र काम गर्न छुट थियो ।  अब यो ‘फ्रि मुभमेन्ट’ अन्त्य भएको छ ।

बेलायत युरोपेली संघमा सदस्य रहँदासम्म बेलायत र युरोपबीच ‘फ्रि मुभमेन्ट’ सुविधा थियो । जसअनुसार युरोपेलीहरुलाई बेलायतमा  र बेलायतीहरुलाई युरोपमा स्वतन्त्रतापूर्वक आवतजावत गर्न, बस्न र काम गर्न छुट थियो । अब यो ‘फ्रि मुभमेन्ट’ अन्त्य भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू