शुक्रबार, वैशाख ७, २०८१
13:30 | १८:१५

यी हुन् इंग्ल्याण्डमा अपराधिक दृष्‍टिले सबैभन्दा जोखिमयुक्त क्षेत्र

लण्डन जोखिमयुक्त क्षेत्रमा आठौँ स्थानमा

नेपाली लिङ्क जनवरी २, २०२१

फोटो : ‘द सन’

लन्डन । इंग्ल्याण्ड र वेल्समा सबैभन्दा बढी चोरी, यौन अपराध र हिंस्रक आक्रमण जस्ता अपराधिक गतिविधिको जोखिमका आधारमा विभिन्न स्थानलाई खतराको कालो सूचीमा राखिएको छ ।

पछिल्लो सरकारी तथ्याँकलाई आधार मानेर आपराधिक गतिविधिको जोखिमअनुसार विभिन्न ठाउँहरुलाई बस्नको लागि ‘जोखिमयुक्त’ भन्दै  ‘द सन’ पत्रिकामा कालो सूची प्रकाशित गरिएको हो 

अपराधिक गातिविधिको जोखिमका आधारमा बेलायतभरमा सबैभन्दा बढी जोखिमयुक्त ठाउँ क्लिभल्याण्ड छ । सूचीमा दोस्रो स्थानमा पश्चिम योर्कशायर छ भने दक्षिण योर्कशायर तेस्रो स्थानमा पर्दछ । खासगरी इंग्ल्याण्डका उत्तरी क्षेत्रहरुमा अपराधिक गतिविधिको बढी जोखिम रहेकाले ती क्षेत्रहरुलाई जोखिमयुक्त सूचीको शीर्ष पाँचभित्र राखिएको छ ।

तर, योर्कशायरकै उत्तरी भेगमा भने सबैभन्दा कम हिंस्रक अपराध भएकाले बस्न सुरक्षित रहेको ‘द सन’ को प्रतिवेदनले देखाएको छ । डेभन एण्ड कर्नवाल, डिफिटपविज, विल्शायर, सर्रे पनि सबैभन्दा कम जोखिमयुक्त क्षेत्रमा पर्दछन्   

जोखिमयुक्त क्षेत्रको सूचीमा राजधानी लण्डन आठौँ स्थानमा छ । लण्डनमा गत वर्ष सबैभन्दा बढी चोरीका घटनाहरु भएका थिए । लण्डनमा प्रति एक हजार जनामा ४४ भन्दा बढी मानिस चोरीका अपराधबाट पीडित भएका थिए । त्यस्तै, हरेक १ हजार जनामा झन्डै ४ जना लुटपाटमा परेका थिए । 

‘द सन’ पत्रिकाले अपराधिक गतिविधिको जोखिमका आधारमा तयार पारेको  जोखिमयुक्त स्थानको सूचीमा समावेश विभिन्न २८ स्थान यसप्रकार छन् ।

१. क्लिभल्याण्ड  २. पश्चिम  योर्कशायर ३ . दक्षिण योर्कशायर ४ . डरहाम्  ५ . हम्बरसाइड  ६ . केन्ट  ७ . ग्रेटर म्यानचेस्टर ८ . लण्डन ९ . लंकाशायर  १०. नर्थम्ब्रिया ११. वेष्ट मिडल्याण्ड  १२ केन्ट  १३ मर्सीसाइड १४  नटिङहमशायर १५ एसेक्स १६ नर्थह्याम्पटनशायर  १७ नर्थ वेल्स.१८  चेशायर १९ लेस्टरशायर २०. बेडफोर्डशायर २१. ह्याम्पशायर २२. क्याम्ब्रिजशायर २३ साउथ वेल्स २४ एभन र सोमरसेट २५  वारविकशायर २६ डर्बीशायर २७ लिंकनशायर २८ थेम्स भ्याली ।  

तर, लागूऔषध एवम् हतियार राख्ने तथा प्रत्यक्ष रुपमा पीडितहरु  संलग्न नभएका घटनाहरुलाई सूचीमा राखिएको छैन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू