बिहीबार, वैशाख १३, २०८१
18:51 | २३:३६

गोपीको ‘काँचो कागज’ छिट्टै बजारमा

नेपाली लिङ्क जनवरी १, २०२१

लण्डन । विगत तीन दशकदेखि नेपाली कविता र नाटकको क्षेत्रमा सक्रिय लेखक गोपी सापकोटाको नयाँ उपन्यास ‘काँचो कागज’ छिट्टै बजारमा आउने भएको छ । ‘काँचो कागज’ लाई काठमाडौंको कलम प्रकाशनले प्रकाशन गर्न लागेको हो ।

उपन्यासको कभर हालै सार्वजनिक गरिएको छ । उपन्यास केही हप्तापछि बजारमा उपलब्ध हुनेछ ।

बिगत एक दशकदेखि बेलायत बस्दै आएका सापकोटाका चारवटा नाटक संग्रह, तीन कविता संग्रह र एउटा बालकथा संग्रह प्रकाशित भइसकेका छन् । ‘काँचो कागज’ उनको पहिलो उपन्यास हो ।

उपन्यास ‘काँचो कागज’ प्रेम, आशक्ति र आध्यात्मको बिषयमा केन्द्रित रहेको लेखक सापकोटाले बताए । सापकोटाले भने, ‘एउटा बेजोड कथाले घचघचाएपछि मैले उपन्यास नलेखी बस्नै सकिनँ । मलाई लाग्छ, धेरै पाठकहरुले यो उपन्यास मन पराउनु हुनेछ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू