मंगलबार, वैशाख ४, २०८१
09:20 | १४:०५

बेलायतमा कोरोनाबाट एकै दिनमा ९८१ को मृत्यु

५० हजार २३ जना नयाँ  संक्रमित

नेपाली लिङ्क डिसेम्बर ३०, २०२०


लण्डन । बेलायतमा एकैदिनमा ९८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या कोरोनाको दोस्रो लहर शुरु भएयताको सबैभन्दा बढी हो ।

यससंगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ हजार ५४८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप  ५० हजार २३ जना नयाँ  संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ले जानकारी दिएको छ । बेलायतमा हालसम्म संक्रमितको संख्या २४ लाख ३२ हजार ८८८ पुगेको छ ।

त्यस्तै, अस्पताल भर्ना हुने संक्रमितको संख्यामा निरन्तर वृद्धि भैरहेको छ । २४ घन्टामा मात्र थप दुई हजार ४३० जना नयां संक्रमित अस्पताल भर्ना भएको ‘नेशनल हेल्थ सर्भिस’ ले जनाएको छ । अस्पतालमा संक्रमितको चाप बढेपछि स्वास्थ्य क्षेत्र निकै प्रभावित बन्दै गएको छ ।

बेलायतमा अस्पतला भर्ना हुनेको संख्या महामारी शुरु भएयताकै सबैभन्दा बढी पुगेको छ । हाल बेलायतमा कोरोना भाइरसको नयाँ सस्करण देखा परेपछि संक्रमण दर तीव्र रुपमा बढेको छ ।

मंगलबार सार्वजनिक संक्रमित संख्या पनि महामारी  शुरु भए यताकै सबैभन्दा बढी हो । मंगलबार एकैदिनमा ५३ हजार बढी संक्रमित फेला परेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू