शुक्रबार, जेठ ४, २०८१
03:52 | ०८:३७

ओलीको असंवैधानिक कदमविरुद्ध प्रदर्शनमा ऐक्यवद्धता

नेपाली लिङ्क डिसेम्बर २८, २०२०

कार्यवहाक सभापति महेश दाहाल

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने ‘असंवैधानिक कदम’ विरुद्ध नेपाली कांग्रेसले विभिन्न प्रदेशमा गरेको आन्दोलनमा ऐक्यवद्धता जाहेर गरेको छ ।

कार्यवहाक सभापति महेश दाहालले सोमबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा ऐक्यवद्धता जाहेर गरेका हुन् ।

‘करिब दुई तिहाइको वहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको संसद विघटन असंवैधनिक तथा अलोकतान्त्रिक कदम हो । यस विरुद्ध नेपाली कांग्रेस केन्द्रद्वारा विभिन्न प्रदेशमा आज भएको विरोध प्रदर्शनको नेपाली जनसम्पर्क समिति बेलायत ऐक्यवद्धता जाहेर गर्दछ’, विज्ञप्तिमा छ ।

कार्यवहाक सभापति दाहालले नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनहरुको सधैं अग्रपंक्तिमा रहेर नेतृत्व गरेको स्मरण गर्दै प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गरेका छन् । दाहालले प्रतिनिधिसभा पुनस्थापना गर्ने कार्यमा सर्वोच्च अदालतले विवेकपूर्ण निर्णय गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू