शुक्रबार, वैशाख १४, २०८१
23:05 | ०३:५०

लन्डनमा पारिवारिक हाजिरी जवाफ

नेपाली लिङ्क डिसेम्बर २७, २०२०


लन्डन । नेपाली भाषा तथा सांस्कृतिक केन्द्रको आयोजनामा पारिवारिक हाजिरी जवाफ आयोजना गरिएको छ ।

केन्द्रद्वारा आयोजित फ्याम क्विजमा स्वस्ति योगी प्रथम भइन् भने सिद्धि तथा शिभेस पनेरु दोश्रो भए। त्यस्तै अनमोल गुरुङ तेश्रो भएका थिए।
क्विजमा नेपाल, ब्रिटेन तथा विश्वका समसामयिक विषयहरुबारे प्रश्न गरिएको थियो। केन्द्रका सल्लाहकार भोला पनेरुले क्विज संचालन गरेका थिए।

हाजिरी जवाफ प्रतियोगितामा विजयीहरुलाई पुरस्कार स्वरुप गिफ्ट भौचर प्रदान गरिएको थियो ।

‘नेपाली कक्षामा पढिरहेका हाम्रा बालबालिकाहरुलाई छुट्टीको बेला रमाइलो पनि होस् र नेपाल तथा विश्वबारे सिक्ने मौका पनि मिलोस् भनेर हामीले यो कार्यक्रम आयोजना गरेका हौँ’, केन्द्रका अध्यक्ष सुमन प्रधानले भने । उनले केन्द्रले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताए ।

नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले गएको ३ वर्ष देखि बालबालिकाहरुलाई नेपाली लेख्न, पढ्न र बोल्न सिकाउने उद्देश्यले नेपाली कक्षा सञ्चालन गर्दै आएको छ । सो कक्षामा योग, ध्यान तथा नेपाली संगीत पनि सिकाइन्छ । यस बाहेक केन्द्रले बालबालिकाका लागि नेचर वाक, खेलकुद तथा नृत्य प्रशिक्षण आदि पनि सञ्चालन गर्ने गरेको छ ।

कोभिड १९ का कारण अहिले केन्द्रले अनलाइन कक्षाहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू