शुक्रबार, वैशाख ७, २०८१
01:03 | ०५:४८

लन्डनमा तय ‘साइकल राइड’ फेरि स्थगित

नेपाली लिङ्क डिसेम्बर २५, २०२०


लन्डन । आगामी २७ डिसेम्बर २०२० का दिन लन्डनमा तय गरिएको ‘साइकल राइड’ कार्यक्रम फेरि स्थगित भएको छ ।

गैर आवासीय नेपाली संघ यूके, राज्य समन्वय परिषद इंग्ल्याण्डले एनसीसी यूके, हेल्प नेपाल नेटवर्क, वुल्वीच राइडर क्लब तथा नेपाली युथ एशोसिएसन यूकेको सहयोगमा गर्न लागेको साइकल राइड प्रतियोगिता बेलायत सरकारको कोरोना भाइरस सम्बन्धि नयां नियम अनुरुप स्थगित गरिएको हो ।

लन्डन अहिले ‘टियर फोर’ तहको प्रतिवन्धमा छ । यतिखेर जमघट वा कुनै कार्यक्रम गर्न रोक लगाइएको छ ।

नेपालका असहाय बालबालिकाको सहयोगार्थ २७ डिसेम्बरका दिन लन्डनको वुल्वीचबाट साइकल राइड प्रतियोगिता सञ्चालनको तयारी थियो ।

एनआरएनए इंग्ल्याण्ड राज्य परिषदका अध्यक्ष दीपक श्रेष्ठ र सचिव गोविन्द खरेलले शुक्रबार सांझ एक विज्ञप्तिमार्फत सो जानकारी दिएका हुन् । सरकारी नियम खुकुलो गरिएपछि कार्यक्रम गर्ने आयोजकको योजना छ ।

आयोजक समितिले जुन उद्देश्यका लागि रकम उठाइएको थियो त्यो रकम सम्बन्धित निकायसंग सम्पर्क गरि शीघ्र पठाउने निर्णय गरेको छ । आयोजकले सहयोगदाताप्रति आभार व्यक्त गर्दै इच्छुक अन्य दातालाई पनि निम्न खातामा सहयोग गर्न अपिल गरेका छन् ।

बैंक खाता विवरण:

Buddha Foundation

Barclays Bank

20-57-76

A/c: 93183165

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू