बिहीबार, चैत १५, २०८०
14:38 | २०:२३

बेलायतमा थप ५७० को मृत्यु, ३२ हजार बढी संक्रमित

२४ घन्टामा बेलायतमा ३२ हजार ७२५ जना नयाँ संक्रमित

नेपाली लिङ्क डिसेम्बर २५, २०२०

लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबार साँझसम्म ७० हजार नाघेको छ । क्रिसमसका दिन सार्वजनिक गरिएको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ५७० जना संक्रमितको मृत्यु भएको हो ।

यससँगै बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७० हजार १९५ पुगेको हो । मृतक संख्याको आधारमा बेलायत युरोपेली मुलुक इटाली पछि  दोस्रो स्थानमा छ । इटालीमा मृतक संख्या बेलायत भन्दा लगभग एक हजारले बढी छ ।

यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा ३२ हजार ७२५ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । बेलायतमा संक्रमित हुनेको कुल संख्या २२ लाख २१ हजार ३१२ पुगेको छ ।

हाल बेलायतमा भाइरसले नयाँ रुप परिवर्तन गरेपछि संक्रमण दर तीव्र रुपमा बढ्दै गएको अधिकारीहरुले बताएका छन् ।

हस्पिटल भर्ना हुने संक्रमितको संख्या पनि निरन्तर वृद्धि भैरहेको छ । पछिल्लो २४ घन्टाभित्र थप दुई हजार १४३ जना हस्पिटल भर्ना भएका छन् । हाल बेलायतका हस्पिटलमा २१  हजार २८६ जना संक्रमितको उपचार भइरहेको छ । उक्त संख्या महामारी शुरु भएयताकै उच्च हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू