यूकेमा अस्पताल भर्ना हुने संक्रमित महामारी शुरु भएयताकै धेरै



फाइल तस्विर
लण्डन । बेलायतका अस्पतालहरुमा भर्ना हुने संक्रमितको संख्या कोरोना शुरु भएयाताकै सबैभन्दा उच्च पुगेको छ । गत अप्रिलमा कोरोना संक्रमण ‘पिक’ मा पुगेको बेला अस्पताल भर्ना भएका संक्रमितको संख्या १८ हजार ९२१ पुगेको थियो ।
विहीबार साँझसम्ममा बेलायतका अस्पताल भर्ना हुने संक्रमितको संख्या २१ हजार २८६ पुगेको ‘नेशनल हेल्थ सर्भिस’ (एनएचएस) ले जनाएको छ ।
पछिल्लो २४ घन्टामा मात्र दुई हजार १४३ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । पछिल्लो समय एकै दिनमा अस्पताल भर्ना हुनेको संख्या यो नै सबैभन्दा बढी हो । हाल एक हजार पांच सयभन्दा बढी कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घन्टामा बेलायतमा ३९ हजार ३६ जना नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट एण्ड हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । यो संख्या गत अप्रिल पछिकै सबैभन्दा उच्च हो ।
बेलायतमा कुल संक्रमितको संख्या २१ लाख ८८ हजार ५८७ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप ५७४ संक्रमितको मृत्यु भएको छ । बुधबार कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछिकै सबैभन्दा बढी ७४४ संक्रमितको मृत्यु भएको थियो ।
यससंगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको जम्मा संख्या ६९ हजार ६२५ पुगेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५