बिहीबार, जेठ २, २०८२
बेलायतमा दोस्रो लहर शुरु भएयताकै सबैभन्दा बढी संक्रमित
एकैदिन सात सय बढीको मृत्यु


नेपाली लिङ्क
डिसेम्बर २३, २०२०
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण एकैदिनमा सात सय भन्दा बढीको मृत्यु भएको छ । यो संख्या कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयताकै सबैभन्दा बढी हो ।
हाल बेलायतमा कोरोना भाइरसले नयाँ स्वरुप परिवर्तन गरेपछि संक्रमण दर तीव्र रुपमा बढ्दै गएको हो । पछिल्लो २४ घण्टामा मात्र थप ७४४ जना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ ले जानकारी दिएको छ ।
यससँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६९ हजार ५१ पुगेको छ । यसैगरी संक्रमितको संख्या पनि दोस्रो लहर सुरु भएयताकै सबै भन्दा बढी भएको छ ।
संक्रमित संख्या गएको २४ घण्टामा ३९ हजार २३७ पुगेको छ । हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या २१ लाख ४९ हजार ५ सय ५१ पुगेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५