बिहीबार, वैशाख १३, २०८१
08:15 | १३:००

बेलायतबाट जानेलाई नेपाल प्रवेशमा रोक

नेपाली लिङ्क डिसेम्बर २२, २०२०

लण्डन । नेपाल सरकारले बेलायतबाट जाने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ । मंगलबारदेखि नै लागू हुने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल जाने यात्रुलाई रोक लगाएको हो ।

‘बेलायतबाट आउने वा बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन’  प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन गरेको छ ।  

अर्को सूचना नभएसम्मका लागि यो रोक लागू रहनेछ ।

लण्डनस्थित नेपाली दूतावासले पनि बेलायतबाट जाने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइएको पुष्टि गरेको छ ।  

‘आजदेखि नै लागू हुने गरी यो रोक लगाउने निर्णय भएको छ’ , प्रवक्ता रोशन खनालले नेपाली लिँकलाई भनिन्, ‘अहिले ट्रान्जिटमा भएका वा बेलायतबाट उडिसकेका व्यक्तिहरु भने भित्रिन पाउनुहुनेछ । अब नयाँ उडानमा जानेहरुलाई रोक लाग्नेछ ।’  

पछिल्लो केही दिनयता बेलायतबाट नेपाल पुगेका यात्रुहरुलाई पनि अनिवार्य रुपमा क्वारेन्टिन बस्न लगाइने प्रवक्ता खनालले जानकारी दिइन् ।  

बेलायतमा कोरोना भाइरस संक्रमणसंगै नयाँ स्वरुपको भाइरस तीव्र फैलिन थालेपछि नेपाल सरकारले रोक लगाएको हो । विश्वका अन्य कयौं मुलुकले यस्तै प्रतिवन्ध लगाइसकेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू