शुक्रबार, वैशाख १४, २०८१
15:25 | २०:१०

बेलायत सरकारलाई नोभेम्बरमा मात्र ३१ बिलियन बढी ऋणभार

नेपाली लिङ्क डिसेम्बर २२, २०२०

लन्डन । बेलायत सरकारलाई गत नोभेम्बर महिनामा मात्र ३१.६ बिलियन पाउण्ड ऋणभार थपिएको तथ्यांकले देखाएको छ । कोरोना भाइरस महामारीका कारण विभिन्न क्षेत्रलाई उकास्ने क्रममा ऋणभार बढेको बताइएको छ ।

राष्ट्रिय तथ्याँक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत नोभेम्बर महिनामा लिइएको ऋण बापतको रकम निकै उच्च छ । यो रकम सन् १९९३ मा तथ्याँक राख्न शुरु  गरिएयताकै तेस्रो सबैभन्दा ठूलो रकम भएको उल्लेख गरिएको छ ।

गत अप्रिलमा आर्थिक वर्ष सुरु भएयता राजस्व र खर्च पूर्ति गर्नका लागि २४०.९ बिलियन ऋणभार थपिएको छ । जुन रकम विगतको वर्षभन्दा १८८.६ बिलियन पाउण्ड बढी छ ।

यो रकम आर्थिक वर्षको अन्त्यमा अर्थात् मार्च २०२१ सम्ममा ३७२.२ बिलियन पाउण्ड पुग्न सक्ने ‘द इन्फिपेन्डेन्ट अफिस फर बजेट रेस्पोन्सबिलिटी’ (ओबीआर) ले जनाएको छ ।

कोरोनाका कारण प्रभावित बेलायती अर्थतन्त्र उकास्न सरकारले चालेको विभिन्न कदमका कारण आर्थिक बोझ थपिएको सरकारले बताएको छ । अर्थमन्त्री ऋषी सुनाकद्वारा जारी गरिने भनेको बजेट पनि कोरोना संक्रमणका कारण आगामी ३ मार्च २०२१ मा मात्र आउने भएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू