बुधबार, वैशाख १२, २०८१
11:11 | १५:५६

प्रधानमन्त्री बोरिस जोन्सनद्वारा आपतकालीन बैठकको तयारी

फ्रान्सद्वारा डोबर नाका ४८ घन्टासम्मका लागि बन्द गर्ने निर्णय

नेपाली लिङ्क डिसेम्बर २१, २०२०

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज अपरान्ह आपतकालीन बैठक गर्ने भएका छन् । गएरातीबाट फ्रान्सले अस्थायी रुपमा आफ्नो सिमा नाका बन्द गर्ने निर्णय गरेपछि प्रधानमन्त्रीले सो बैठक बस्ने निर्णय गरेका हुन् ।

पछिल्ला दिनहरुमा बेलायतका विभिन्न भागमा नयाँ किसिमको भाइरस तीव्र रुपमा फैलिएपछि केहि युरोपियन मुलुकले बेलायतलाई प्रवेशमा प्रतिबन्ध लगाएका छन् ।

गएरातिबाट फ्रान्सले बेलायतस्थित डोबर नाका ४८ घन्टासम्मका लागि बन्द गर्ने निर्णय गरेपछि हजारौंको संख्यामा मालवाहक लरी तथा फेरीहरु अलपत्र परेका छन् ।

बेलायतमा नयाँ भाइरस फैलिएका कारण आफूहरुको निर्णय सहि भएको फ्रान्सले बताएको छ । यसैगरी अन्य युरोपेली मुलुकहरु जर्मनी, इटाली, बेल्जियम, आइरिस रिपब्लिक, टर्की लगायतले बेलायतका सबै उडानहरुमा  प्रतिबन्ध लगाइसकेका छन् ।

स्वीट्जरल्याण्डले पनि अस्थाई रुपमा बेलायतका उडानलाई स्थगित गरेको छ । यसैगरी अष्ट्रियाले पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ । बुल्गेरियाले आगामी ३१ जनवरी २०२१  सम्मका लागि गएरातिबाटै बेलायतका सम्पूर्ण उडान निलम्बन गरेको छ ।

बेलायतमा आइतबार सार्वजनिक तथ्याँक अनुसार ३५ हजारभन्दा बढी संक्रमित थपिएका थिए । स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले हाल बेलायतका विभिन्न स्थानमा फैलिएको नयाँ भाइरस ७० प्रतिशत चाँडो फैलिने बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू