शुक्रबार, वैशाख १४, २०८१
11:53 | १६:३८

बेलायतमा एकै दिन ३५ हजार भन्दा बढी संक्रमित

थप ३२६ जनाको मृत्यु

नेपाली लिङ्क डिसेम्बर २०, २०२०

लण्डन । बेलायतमा २४ घण्टाभित्र झन्डै ३६ हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशलकेयर’ आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार थप ३५ हजार ९२८ जना संक्रमित थपिएका हुन् ।

यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या बीस लाख ४० हजार १४७ पुगेको छ । संक्रमण तीव्र भएको भन्दै सरकारले राजधानी लण्डनसहित दक्षिणी र पूर्वी इंग्ल्याण्डका विभिन्न  क्षेत्रमा आइतबारदेखि ‘टिएर ४’ लागू गर्दै कडा प्रतिवन्ध लागू गरेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ३२६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७६ हजार २८७ पुगेको छ ।

बेलायतमा एकसाताभित्र तीन हजार १६० जनाको मृत्यु भएको छ । संक्रमण बढेसंगै दैनिक हस्पिटल भर्ना हुने कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको नेशनल हेल्थ सर्भिस बेलायतले जनाएको छ ।

आइतबार साँझ सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप दुई हजार ३४ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् । जसमध्ये एक हजार ३६४ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू