शुक्रबार, चैत १६, २०८०
10:43 | १६:२८

बेलायत-युरोप व्यापार सम्झौता अझै अनिश्चित

ब्रेक्जिट समयसीमा अब थोरै

नेपाली लिङ्क डिसेम्बर १९, २०२०

लण्डन ।  युरोपेली संघबाट औपचारिक रुपमै बेलायतको बहिर्गमन हुन केही दिन मात्रै बाँकी रहँदा समेत दुई पक्षबीचको भावी व्यापार सम्बन्ध कस्तो रहने भन्ने निष्कर्ष अझै निस्किन सकेको छैन ।  

जनवरी १ लाई तय ब्रेक्जिटपछि बेलायत र युरोपेली संघबीचको व्यापार सम्झौता निर्माणका लागि द्वीपक्षीय वार्ताहरु जारी छन् ।  

ब्रेक्जिटको दिन नजिकिँदै गर्दा उक्त सम्झौता निर्माणको लागि दुवै पक्षमाथि दबाब चर्को बनेको बीबीसीले जनाएको छ । सहमति निर्माणको दृष्‍टिले आउंदो ४८ घण्टाको समयलाई संवेदनशील र निर्णायक मानिएको छ ।  

दुवै पक्षका वार्ताकारहरु वार्तामा व्यस्त रहँदा युरोपेली संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले भने सम्झौता पारित गर्न हतार नगर्ने बताएका छन् । बेलायत र युरोपबीचको भावी व्यापार सम्बन्धलाई दुरगामी महत्वको विषय भन्दै उनीहरुले अन्तिम समयमा हतार गर्न नहुने राय व्यक्त गरेका छन् ।  

आउँदो जनवरी १ देखि युरोपेली संघबाट बाहिरिएपछि संघका व्यापारसम्बन्धी नीति-नियम बेलायतका लागि लागू हुनेछन् । सोही रिक्तता पूरा गर्न दुई पक्षबीच नयाँ व्यापार सम्झौता हुन नसकेर ‘नो डिल ब्रेक्जिट’ भएको अवस्थामा दुई पक्षबीचको व्यापार विश्व व्यापार संगठनका नियमअनुसार हुनेछ । त्यस अवस्थामा किन्ने र बेच्ने दुवै अवस्थामा अतिरिक्त शुल्क लाग्ने हुनाले वस्तुहरुको मुल्य बढ्नेछ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू