शुक्रबार, वैशाख ७, २०८१
08:39 | १३:२४

बेलायतमा एक हप्तामा संक्रमित हुनेको संख्या एक लाख ६७ हजार बढी

२४ घन्टामा मात्र थप २८ हजार ५0७ जना नयाँ  संक्रमित

नेपाली लिङ्क डिसेम्बर १८, २०२०

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो एकसातामा एक लाख ६७ हजार ७३१ जना संक्रमित थपिएका छन् । गत नोभेम्बरबाट कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको बेलायतमा अहिलो संक्रमण दर तीव्र रुपमा बढ्दै गैरहेको छ ।

शुक्रबार साँझसम्मको तथ्याँक अनुसार  पछिल्लो २४ घन्टामा मात्र थप २८ हजार ५०७ जना नयाँ  संक्रमित थापिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या १९ लाख ७७ हजार १६७ पुगेको छ ।

यसैगरी कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि खासै कमी आएको छैन । बितेको २४ घन्टामा थप ४८९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जानेको छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण ६६ हजार ५४१ जनाको मृत्यु भैसकेको छ ।

एकसाताभित्र मात्र तीन हजार १६० जनाको मृत्यु भएको स्वास्थ्य विभागले उल्लेख गरेको छ ।

कोरोना संक्रमण र मृत्युदर बढेसँगै हस्पिटल भर्ना हुनेको संख्यामा पनि वृद्धि भएको बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले जानकारी दिएको छ । कतिपय हस्पिटलहरुमा बेड अभावका कारण संक्रमितलाई अन्यत्र पठाउन थालिएको समाचार माध्यमले जनाएको छ ।

अहिले दैनिक एक हजार सात सय भन्दा बढी मानिस हस्पिटल भर्ना भइरहेका छन् भने १८ हजार भन्दा बढीको हस्पिटलमा उपचार भइरहेको छ । एक हजार ३४० जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

कोरोना संक्रमण बढ्न थालेपछि क्रिसमसपछि फेरि देशव्यापी लकडाउन हुन सक्ने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संकेत गरेका छन् । हाल लन्डनमा कडा प्रतिबन्धसहितको तेस्रो चरणको लकडाउन लागू छ ।

कोरोना संक्रमणका कारण  विश्वभर १६ लाख ७४ हजार भन्दा बढीको ज्यान गैसकेको छ भने ७ करोड ५६ लाख ४१  हजार भन्दा  बढी संक्रमित भएका छन् । यसैगरी ५ करोड ३० लाख  ८९ हजार भन्दा बढी मानिस संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू