सोमबार, वैशाख २४, २०८१
23:10 | ०३:५५

बेलायती प्रधानमन्त्रीले गरे क्रिसमसपछि फेरि देशव्यापी लकडाउनको संकेत

नेपाली लिङ्क डिसेम्बर १८, २०२०

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले क्रिसमसपछि फेरि देशव्यापी लकडाउन हुन सक्ने संकेत गरेका छन् ।  

कडा प्रतिवन्धहरु लागू गरिए बाबजुद पछिल्लो केही साता इङ्ल्यान्डमा संक्रमण तीव्र बढिरहंदा प्रधानमन्त्री जोन्सनले फेरि लकडाउनमा जानुपर्ने अवस्था आउन सक्ने बताए ।  

नर्दन आयरल्यान्ड र वेल्सले क्रिसमसलगत्तै अर्को लकडाउनको घोषणा गरिसकेका छन् भने स्कटल्यान्डले आउंदो साता लकडाउनबारे निर्णय लिइने बताएको छ ।  

सरकारले यथासक्य अर्को लकडाउनलाई टार्ने कोशिश् गरिरहेको भन्दै उनले अहिले लागू प्रतिवन्धहरुको पालना गर्न सम्पूर्ण बेलायतवासीमा अपील गरेका छन् ।  

‘हामी आशावादी छौं कि फेरि लकडाउन गर्नुपर्ने अवस्था आउने छैन । तर पछिल्लो केही सातामा संक्रमण निकै तीव्र रुपमा फैलिरहेको छ’-प्रधाननन्त्रीले भने । क्रिसमसको अवसरमा डिसेम्बर २३ देखि २७ सम्मको ५ दिनलाई प्रतिवन्धहरु खुकुलो पारिएको भएपनि सक्दो सतर्कता र सावधानी अपनाउन उनले आव्हान गरेका छन् ।  

सरकारी तथ्यांकअनुसार गत साता इङ्ल्यान्डका योर्कशायर र हम्बर लगायतका केही क्षेत्रबाहेक अरु सबै क्षेत्रमा संक्रमण बढेको छ । क्रिसमसको बेला ५ दिनसम्म ‘हाउस मिक्सिङ’ लाई छुट दिइएका कारण संक्रमण झन् बढ्ने आँकलन गरिएको छ ।  

बेलायतको नेश्नल हेल्थ सर्भिस (एनएचएस) माथि प्रेसर बढ्दै गएको भन्दै सरकारका सल्लाहकारहरुले पनि संक्रमण नियन्त्रणका लागि थप प्रभावकारी उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू