मंगलबार, चैत ६, २०८०
05:54 | ११:३९

बेलायतमा एकै दिन ३५ हजार बढी संक्रमित, ५३२ को मृत्यु

नेपाली लिङ्क डिसेम्बर १७, २०२०

लन्डन । बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गैरहेको छ । कोरोना संक्रमणको दोस्रो लहरको कहर खेपिरहेको बेलायतमा एकै दिनमा ३५ हजार भन्दा बढी  संक्रमित थपिएका छन् ।

बिहीबार सांझ सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप ३५ हजार ३८३ जना संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको  छ । यो संख्या दोस्रो लहर शुरु भएयाताकै उच्च हो । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १९ लाख ४८ हजार ६६० पुगेको छ ।

यसैगरी बेलायतमा कोरोनाका मृतक संख्या पनि ६६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ५३२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । योसंगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ हजार ५२ पुगेको छ ।

युरोपको मृतक संख्याको आधारमा इटालीपछि बेलायत दोस्रो स्थानमा छ । इटालीमा कोरोना संक्रमणका कारण ६७ हजार २२० जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमणका कारण विश्वभर १६ लाख ६१ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने ७ करोड ४८ लाख ७२ हजार भन्दा  बढी संक्रमित भएका छन् ।

यसैगरी ५ करोड २६ लाख  २९ हजार भन्दा बढी मानिसहरु संक्रमणमुक्त भएका छन् । जसमध्ये दुई करोड ५८ लाख एक हजार ३३५ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू