शनिबार, वैशाख ८, २०८१
21:57 | ०२:४२

नेपाल-आयरल्याण्ड मैत्री संघ गठन

नेपाली लिङ्क डिसेम्बर १६, २०२०

लन्डन । नेपाल र आयरल्याण्डबीचको सामाजिक, साँस्कृतिक, शैक्षिक, पर्यटकीय लगायत जनस्तरको सम्बन्ध विकास तथा विस्तारमा सक्रिय व्यक्तिहरुको एक भेलाले गंगाराम कँडेलको अध्यक्षतामा नेपाल-आयरल्याण्ड मैत्री संघ स्थापना गरेको छ । समाजका तीन उपाध्यक्षमा श्रीमती पुनम सुवेदी, डोलिन्द्रप्रसाद शर्मा र प्रा.डा. लक्ष्मणप्रसाद गौतम र महासचिवमा सुमन घिमिरे चुनिएका छन् । 

समाजको सचिवद्वयमा मुकुन्द भुसाल (संगठन तथा सञ्चार) र श्रीमती इन्दिरा पनेरु (जनसम्पर्क तथा सँस्कृति) एवं कोषाध्यक्षमा श्रीमती विष्णु दवाडी छन् । 

त्यसैगरी, समाजको कार्यकारी सदस्यहरुमा सर्वश्री शान्तबहादुर मल्ल, विमल भौकाजी, हरि गौतम, बद्री ढकाल, कृष्ण भट्टराई, हरिकुमार थापा, लव सुवेदी, पार्वती क्षेत्री, कुमार दाहाल, भरत भारद्वाज, कमल सुवेदी, शिखरकुमार श्रेष्ठ र भोजेन्द्र केसी छन् ।

समाजको संरक्षकमा आयरल्याण्डका लागि नेपाली राजदूत र सल्लाहकारद्वयमा नेपालका लागि आयरल्याण्डका अवैतनिक वाणिज्यदूत मनोजबहादुर श्रेष्ठ तथा नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष दीपेशमान शाक्य रहेका जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू